१० साउन २०८३, आइतबार

राष्ट्रपति भेट्न किन शीतल निवास पुगे देउवा ?

मंसिर २८, २०७४
राष्ट्रपति भेट्न किन शीतल निवास पुगे देउवा ?

काठमाडौं, २८ मंसिर– प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवाले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतगणना भइरहेकोबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ ।
 
जवाफमा राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा कोशेढुङगाको रुपमा रहेको निर्वचन निर्धारित समयमा, शान्तिपुर्ण ठुलो जनसहभागिता र उल्लासमय बातावरणमा सम्पन्न गरेकोमा सरकार र निर्वाचन आयोग र मतदातालाई धन्यवाद दिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्