३० जेठ २०८३, शनिबार

समानुपातिकको ८६ लाख भोट गन्दा एमालेकै अग्रता: कुन  पार्टीले कति मत ल्याए ?

मंसिर २८, २०७४
समानुपातिकको ८६ लाख भोट गन्दा एमालेकै  अग्रता: कुन  पार्टीले कति मत ल्याए ?

काठमाडौँ, २८ मंसिर - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । हालसम्म ८५ लाख ९४ हजार ३७१  मत गनिसकिएको  छ | 

बिहिबार राती १० बजेको  परिणामअनुसार एमाले २९  लाख १२  हजार २३०  मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख २७ हजार ८१५  मत ल्याई दोस्रो स्थान हासिल गरेको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ७०  हजार ३७५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ९७५  मत पाएको छ । 

त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपा नेपालले तीन लाख ७१ हजार ४७ , विवेकशील साझाले एक लाख ९५ हजार ८४१, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक लाख ८७  हजार ३२६, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ८९१ , राप्रपा प्रजातान्त्रिक ले ७३  हजार ६००  र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २२६  मत ल्याएको छ । 
समानुपातिकको मतगणना अनुसार ५ दल  मात्र राष्ट्रिय दल बन्ने निश्चित भएको  छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा  राष्टिय दल बन्ने निश्चित भएको हो । यी दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका छन् | 

salt training

कमेन्ट गर्नुहोस्