०८ असार २०८३, सोमबार

डिजे मार्समेलो फाइभ स्टारमा, यसरी भयो क्लब तोडफोड

मंसिर २९, २०७४
डिजे मार्समेलो फाइभ स्टारमा,  यसरी भयो क्लब तोडफोड

काठमाडौँ, २९ मङ्सिर- प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी मुद्दाअन्तर्गत कारबाही भोग्ने भएका छन् । तोडफोडका मुख्य कारक डिजे भने काठमाडौंको तारे होटेलमा आराम गरिरहेका छन्, नयाँ पत्रिकाले खबर छापेको छ  ।
डिजे मार्समेलोलाई देजाभुले महँगो मूल्यमा काठमाडौं उतारेको थियो । सोहीअनुसार इभेन्ट अर्गानाइजरले सर्वसाधारणसँग टिकट बिक्री गरेको थियो । 

योजनाअनुसार डिजे मार्समेलो बुधबार रातको १० बजे क्बल आउने भनियो । सोहीअनुसार क्लबमा दर्शक जम्मा गरियो । तर, निर्धारित समयमा उनी उपस्थित हुन सकेनन् । अर्गनाइजरले डिजेलाई सम्पर्क गरे । उनी फुड पोइजनका कारण बिरामी परेको खुल्यो । अर्गानाइजरले त्यो विषय दर्शकलाई बताएनन् ।

उनीहरूले दर्शकलाई डिजे ११ बजे आउने जानकारी दिए । तर, ११ बजे पनि उनलाई उपस्थित गराउन सकेनन् । पछि १२ बजे आउने भनियो । त्यसवेला पनि उपस्थित गराउन सकेनन् । तीव्र प्रतीक्षामा बसेका दर्शकलाई रातको १ बजे अर्गनाइजरले डिजे आउन नसक्ने जानकारी गराए । त्यसपछि दर्शक उत्तेजित बने । क्लबका बाउन्सरले रोक्न खोजे । तर, उनीहरूको केही चलेन । अन्ततः देजाभुमा बिहानको ३ बजेसम्म तोडफोड मच्चियो र पूर्ण रूपमा ध्वस्त बन्यो ।

salt training

कमेन्ट गर्नुहोस्