
काठमाडौं, २९ मंसिर– सामान्य प्रशासन मन्त्रालयले असोजमा गरेको चार सय कर्मचारी सरुवामा आर्थिक चलखेल भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको पहलमा सामान्यले खरिदार, सुब्बा, अधिकृत र उपसचिवस्तरका गरी १५ सयभन्दा बढी कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेको थियो ।
मन्त्री बस्नेतलाई विनाविभागीय बनाउदै प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी सम्हालेपछि तल्कालीन सचिव मोहनकृष्ण सापकोटाले झण्डै चार सय कर्मचारीको सरुवा बदर गरेका थिए ।
अख्तियारका सचिव राजन खनालले सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा बदरबारे छानबिन थालिएको जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।