०२ असार २०८३, मंगलबार

रोहिन्ज्याका खबर बाहिर आउन नदिन म्यान्मारले गोप्यता सम्बन्धी कानून क्रियाशील पार्ने

मंसिर २९, २०७४
रोहिन्ज्याका खबर बाहिर आउन नदिन म्यान्मारले गोप्यता सम्बन्धी कानून क्रियाशील पार्ने

काठमाडौं, २९ मंसिर — म्यानमार (बर्मा) का सैनिक अधिकारीहरूले रोहिन्ज्या अल्पसंख्यकका विषयमा सञ्चारमाध्यमहरूमा चर्चा नहोस् भनेर बेलायतको उपनिवेश रहेका बखत बनेको गोप्यता सम्बन्धी ऐनलाई कृयाशील गराएको खबर फ्रान्सिसी संवाद समिति ए.एफ्‌.पी. ले दिएको छ ।

सैनिक कारवाही विषयक गोप्य सूचना अनधिकृत ढङ्गले प्रहरीबाट लिएर विदेशी समाचार माध्यमलाई दिएको आरोपमा रोयटर्स संस्थाको लागि काम गर्ने दुइजना बर्मेली पत्रकारलाई मङ्गलवार पक्राउ गरिएको छ । दोषी प्रमाणित भएमा ३१ वर्षीय वा लोन र २७ वर्षीय क्वा सोई ऊ १४/१४ वर्षको कैद सजायमा पर्नेछन् ।

यसैबीच, रोयटर्सका अध्यक्ष स्टिफन जे. एड्लरले एक वक्तव्य जारी गर्दै प्रेस स्वतन्त्रतामा आघात पर्ने यस कामको निन्दा गर्दै गिरफ्तार गरिएका पत्रकारलाई तुरुन्तै रिहा गर्ने माग गरेका छन् ।

रखाइन प्रदेशमा बस्ने रोहिन्ज्या अल्पसंख्यकमाथि विगत तीन महिनामा भएका अत्याचारको सूचना पत्रकारलाई दिएको अभियोगमा दुई प्रहरी अधिकृत पनि समातिएका छन् ।

रोहिन्ज्याहरूलाई उठिबास गराउने बर्माको सरकारी नीतिलाई  राष्ट्रसंघले ‘जातीय सफाया’ ठह-याउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्