२४ असार २०८३, बुधबार

दुःख परेको बेला असहयोग गर्ने प्रवृत्तिकै कारण काँग्रेसको पराजय : नेता सिंह

मंसिर २९, २०७४
दुःख परेको बेला असहयोग गर्ने प्रवृत्तिकै कारण काँग्रेसको पराजय : नेता सिंह

काठमाडौँ, २९ मंसिर– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रकै व्यक्तिका कारण कांग्रेसले पराजय भोगेको बताएका छन् । 
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार गरेको भेटघाट तथा धन्यवाद कार्यक्रममा सिंहले पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिकै कारण काँग्रेसले पराजय भोग्नु परेको बताएका हुन् । 

प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको उनले बताए । “देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ”, उनले भने, “विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ ।”
 

salt training

कमेन्ट गर्नुहोस्