समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेले ३० लाख १२ हजार ४ सय २४ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २९ लाख ३९ हजार ५ सय २८ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२ लाख ११ हजार २ सय ३९ मत पाएको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ४ लाख २६ हजार ६० मत पाएके छ ।
त्यस्तै राजपाले ४ लाख १७ हजार १८ मत पाएको छ । यी दलहरुले मात्र थ्रेसहोल्ड कटाएका छन् ।
प्रदेश नम्बर एकको प्रतिनिधिसभाको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । उसले कुल सदर मतको ६४.२९ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा रहेको माओवादीले १७.८६ प्रतिशत मत पाएको छ भने नेपाली कांग्रेसले १४.२९ प्रतिशत मत पाएको छ ।
दुई नम्बरमा समाजवादीको अग्रता
दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले अग्रता बनाएको छ । उसले कुल सदर मतको ३१.२५ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा राजपा रहेको छ । उसले २३.४४ प्रतिशत मत पाएको छ ।
तेस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले २१.८८ प्रतिशत मत पाएको छ । तराईमा जनाधार राम्रो भएको अनुमान गरिएको नेपाली कांग्रेसले भने चौथो स्थान हात पारेको छ । उसले १२.५० प्रतिशत मत पाएको छ ।
तीनमा नेकपा एमालेले
प्रदेश नम्बर तीनमा नेकपा एमालेले कुल सदर मतको ६३.६४ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २२.७३ प्रतिशत मत पाउँदा नेपाली कांग्रेसले १०.६१ प्रतिशत मत पाएको छ ।
चार नम्बरमा पनि एमालेकै अग्रता
चार नम्बर प्रदेशमा पनि नेकपा एमालेले अग्रता बनाएको छ । उसले ४७.२२ प्रतिशत मत पाएको छ । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले २५ प्रतिशत मत पाउँदा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.६७ प्रतिशत मत पाएको छ ।
प्रदेश पाँच
प्रतिनिधिसभाको मतगणनामा पहिलो रहेको नेकपा एमालेले ५ नम्बर प्रदेशबाट नेकपा एमालेले बढी मत पाएको छ । उसले कुल सदर मतको ५३.८५ पाएको थियो भने माओवादी केन्द्रले २६.९२ मत पाएको थियो ।
नेपाली कांग्रेसले १३.४६ प्रतिशत मत पाएको थियो ।
६ नम्बर प्रदेश
यस प्रदेशको प्रतिनिधिसभाको समानुपातिकमा पनि एमालेले अग्रता बनाएको छ । उसले ५८.३३ प्रतिशत मत पाउँदा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३७.५० प्रतिशत मत पाएको छ भने नेपाली कांग्रेसले ४.१७ प्रतिशत मत पाएको छ ।
सातमा कसको अवस्था कस्तो
प्रदेश नम्बर सातमा नेकपा एमालेले ५३.१३ प्रतिशत मत पाउँदा नेकपा माओवादी केन्द्रले ३१.२५ प्रतिशत मत पाउँदा नेपाली कांग्रेसले १२.५० प्रतिशत मत पाएको छ ।