१४ असार २०८३, आइतबार

‘आइएमई छक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

मंसिर २९, २०७४
‘आइएमई छक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं, २९ मंसिर- दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । 


मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले नगद रु. १०,००,००० (दशलाख) प्राप्त  गर्नेछन् ।  
त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरे । उनले जापानबाट नेपालमा पैसा पठाउनु हुने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । । थापा वा नीजले सिफारिस गरेको व्यक्तिले रु. ६००,००० (छ लाख) बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

गत भदौ १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सो कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्कीड्र’मा ५,०४० (पाँच हजार चालिस), पाक्षिक ‘लक्कीड्र’ मा ६ (छ ) र बम्पर ‘लक्कीड्र’ २ (दुई)जना पुरस्कृत भइसकेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्