१७ असार २०८३, बुधबार

गोमा एयरको विमान दुर्घटनामा चालकको लापरवाही मुख्य कारण

मंसिर २९, २०७४
गोमा एयरको विमान दुर्घटनामा चालकको लापरवाही मुख्य कारण

काठमाडौं, २९ मंसिर– गत जेठ १३ गते सोलखुम्बुको लुक्लामा भएको गोमा एयरको कार्गो विमान दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको पत्ता लागेको छ । 

विमान दुर्घटनाबारे अनुसन्धान गर्न गठित ५ सदस्यीय जाँच आयोगले दुर्घटनाको कारण चालकको लापरवाही भएको ठहर गरेको हो । 

रत्न मानन्धरको अध्यक्षतामा गठित समितिले सोलुखुम्बुको लेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको दुर्घटनाको कारणको बारेमा जानकारी गराइएको छ । 

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जाँच आयोगले चालकको लापरवाही र प्रतिकुल मौसमको कारण दुर्घटना भएको निश्कर्ष निकालेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा काठमाण्डौबाट लुक्लाको लागि विमान उड्दा पनि मौसमको अवस्था राम्रो नहुँदा क्षण–क्षणमा मौसममा परिवर्तन आइरहेका कारण पाइलटले मौसम सुध्रिने आशामा विमानलाई अगाडि बढाउँदा सो दुर्घटना भएको दाबी गरिएको छ । 

लुक्लामा जडान गरिएको अनलाईन क्यामेराको रिपोर्टलाई आधार मानेर आयोगले प्रतिवेदनमा भनेका छ, ‘विमान अवतरण गर्ने समय भन्दा १३, ८ र ६ मिनेटसम्म मौसत काम चलाउ अवस्थामा थियो भने ५ मिनेटदेखि मौसम बिग्रिएको थियो, तर एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था भने आइसकेको थिएन् ।’

विमान अवतरण गर्ने २ मिनेट अगाडिदेखि सुरक्षित अवतरण गर्न सक्ने अवस्था नभएको बताउँदै अवतरणको ६४ सेकेण्ड पहिला को—पाइलटले रनवे देखेपछि ल्याण्डिङ गर्ने तयारी गर्दा हुस्सुले छोपेको र जाहाज रनवे भन्दा बाहिर ल्याण्ड गर्न खोज्दा दुर्घटना हुन पुगेको निश्कर्ष निकालिएको छ । 

आयोगका अनुसार अवतरणको संवेदनशील क्षणमा गति न्यून पारिनुपर्ने र पांग्रा निकालि सकिएको अवस्थामा  (फुल फ्लप सेलेक्सन)मा रहेको विमान अपर्झट उचाई लिने क्रममा अत्याधिक उचाई बढाउदा ड्रप श्रृजना भई तल बस्न पुगेको हो ।  

आयोग टोलीले मौसम छिटो–छिटो परिवर्तन भएको अवस्थामा पाईलटले स्थिति नियन्त्रणमा लिन नसक्नु र समस्या हुँदाहुँदै पनि चालकले जबरजस्ती विमान चलाउँदा दुर्घटना भएको निश्कर्ष निकालेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले जाँच समितिको प्रतिवेदन बुझ्दै सुरक्षित विमान उडानको बारेमा छलफल गर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्