०८ साउन २०८३, शुक्रबार

‘अध्यादेशलाई राष्ट्रपतिले स्वीकृति दिनुको विकल्प छैन’

मंसिर २९, २०७४
‘अध्यादेशलाई राष्ट्रपतिले स्वीकृति दिनुको विकल्प छैन’

काठमाडौं, २९ मंसिर —नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष लगेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिन बाहेकको अरु कुनै विकल्प नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यादेशका कारण निर्वाचन नहुने र नयाँ सरकारसमेत गठन हुन नसक्ने अवस्था भएकाले अध्यादेश रोक्न नुहुने केसीले बताएका छन् । 
केसीले प्रधानमन्त्रीले सिफारिश गरेको अध्यादेश राष्ट्रपतिले स्विकृत गरेर पठाउनुको विकल्प नभएको समेत तर्क गरे । 


संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय सभा नभएपनि सरकार गठन हुन सक्ने विश्वास दिलाएका छन् । उनले भने,‘सरकार गठनको लागि राष्ट्रिय सभानभएपनि हुन्छ, तर प्रतिनिधि सभाचाहीँआवश्यक पर्छ।’
उनले आफू एकल संक्रमणकालिन निर्वाचनको पक्षपाती भएको समेत स्पष्ट पारे । 
अर्का संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले राष्ट्रिय सभा गठन नगरीकन सरकार गठन भन्दा प्रधानमन्त्री चयनगर्न सकिने तर मन्त्रिपरिषद गठन गर्न नसकिने स्पष्ट पारेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्