१२ साउन २०८३, मंगलबार

सुतेका बेला सर्पले टाउकोमा टोकेपछि ३ वर्षीय बालकको मृत्यु

असोज १४, २०८२
कञ्चनपुर
सुतेका बेला सर्पले टाउकोमा टोकेपछि ३ वर्षीय बालकको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार स्थानीय डम्बर पनेरुका तीन वर्षीय छोरा लक्कीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।  

आफ्नै कच्ची घरमा सुतेको अवस्थामा बालकलाई सर्पले टाउकामा टोकेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

गएराति करिब २ बजे उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्