३१ जेठ २०८३, आइतबार

पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज

मंसिर २९, २०७४
पाकिस्तानका विपक्षी नेता इमरान खान विरुद्धको मुद्धा खारेज

इस्लामावाद, २९ मङसिर- पाकिस्तानको सर्वोच्च अदालतले पाकिस्तानका विपक्षी दलका नेता इमरान खान विरुद्ध लागेको मुद्धा शुक्रबार खारेज गरिदिएको छ । 

पुर्व क्रिकेट खेलाडी समेत रहनु भएका खानका विरुद्धमा घुस लिएर भ्रष्टाचार गरेको अभियोग सहित मुद्धा दर्ता भएको थियो । 

पुर्व प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मुद्धा लगाएर बर्खास्त गरिएको केही महिनापछि प्रतिपक्षी दलका नेता इमरानलाई पनि आम निर्वाचन आउन एक बर्ष अगाडि मुद्धा लगाइएको थियो । 
उहाँले अवैधानिक रूपमा सम्पत्ति कमाएको अभियोग सहितको मुद्धा यसअघि खेपिसक्नु भएको छ ।    राजनीतिक पुर्वाग्रहका कारण उहाँ विरुद्ध मुद्धा लगाइएको भन्दै अदालतले उहाँको मुद्धा खारेज गरिदिएको हो । 

उहाँले आफ्नो सम्पत्ति क्रिकेटको अत्यधिक प्रसिद्ध विश्वकपको खेलाडीका हैसियतमा कमाएको भन्ने पुष्टि आधिकारिक कागजपत्रहरु मार्फत् गराएपछि मुद्धा खारेज भएको अदालतको बताएको छ । 

प्रधान न्यायाधिश मियाँ सकिब निसारले उहाँमाथि प्रतिशाधापूर्ण तरिकाले मुद्धा लगाएको देखिएको र सवै सम्पत्तिको आम्दानीको श्रोत पनि खुलेकाले उहाँको मुद्धा खारेज गरिएको जानकारी दिनुभयो । 
अदालतले निर्णय सुनाएपछि पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिँदै विपक्षी नेता खानले आफूलाई अदालतले निर्दाेष ठहर गरेको बताउनुभयो । 

पाकिस्तानमा ठूला नेताहरूले भ्रष्टाचार गरेका घटनाहरु समय समयमा सार्वजनिक हुने र कारबाही पनि हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्