काठमाडौं, १ पुस– दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
नतिजा अनुसार हालसम्म ९६ प्रतिशतभन्दा बढी मत गनिइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा एमाले ३१३३२०३ मत ल्याउँदै १ नम्बर पार्टी भएको छ । यस्तै नेपाल िकांग्रेस ३०७१५१२ मत ल्याउँदै दोस्रो स्थानमा रहेको छ । यसैगरी माओवादी केन्द्र १२७४८८४, समाजवादी फोरम ४६००८४, राजपा ४४८६११ मत ल्याउँदै क्रमशः तेस्रो चौथो र पाँचौ स्थानमा रहेका छन् । यी पाँच पार्टी राष्ट्रिय दल बन्ने निश्चित समेत भएको छ ।
यसैगरी विवेकशलि साझा पार्टीले २११५३४, राप्रपाले १९३९३, राप्रपा प्रजातान्त्रिकले ८७६०७, नयाँ शक्तिले ८०७५४, जनमोर्चाले ६०४७ मत ल्याउँदा अरु साना पार्टीले ३४८३५ मत ल्याएका छन् ।