१४ असार २०८३, आइतबार

इपिएलमा पारस खड्काको विराटनगर वारियर्स विजयी

इपिएलमा पारस खड्काको विराटनगर वारियर्स विजयी

काठमाडौँ, ५ पुस - एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको विराटनगरले पोखरा राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । 

टस हारेर ब्याटिङ गरेको पोखराले विराटनगरलाई १२३ रनको लक्ष्य दिएको थियो । विराटनगरले विजयी लक्ष्य १९.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । विराटनगरको जितमा अन्सुमान रथले सर्वाधिक ६० रनको योगदान दिए । बाबर हायातले २२ र पारस खड्काले ११ रन बनाए । 

बलिङतर्फ पोखराका लागि इसरुल्लाह र सुसन भारीले दुई÷दुई विकेट लिए । सुनिल धमला र कप्तान शक्ति गौचनले एक÷एक विकेट लिए । 

पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२२ रन जोडेको थियो । पोखराका लागि राजेश पुलामी मगरले ३०, इसरुल्लाहले २१, सुनिल धमलाले र ताज वालीले १८÷१८ तथा सौरभ खनालले १६ रन बनाए । 

बलिङतर्फ विराटनगरका पारस खड्काले तीन, वसन्त रेग्मी, रामनरेश गिरी र अविनास कर्णले एक÷एक विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्