११ साउन २०८३, सोमबार

ओलीले भने– आयु सीमित छ, इमान पूर्ण छ

ओलीले भने– आयु सीमित छ, इमान पूर्ण छ

काठमाडौं ५ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारले पूर्ण इमानका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले लापरवाही गर्ने छूट वामपन्थी गठबन्धनलाई नरहेको बताए । 

‘धेरैले सोध्छन् तपाइको स्वास्थ्य कस्तो छ ? म एकदम स्पष्ट साथ भन्न चाहान्छु–म स्वस्थ छु’ चुनाव जितेका वामपन्थी उम्मेदवारलाई बधाई दिन बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने, ‘हरेक मान्छेको आयु सिमित हुन्छ, क्षमता सिमित हुन्छ, ज्ञान र तागत पनि सिमिति हुन्छ । तर इमान सीमित छैन । पूर्ण इमानका साथ काम गर्छाै ।’

एमाले अध्यक्ष ओलीले देश, जनताको पक्षमा पूर्ण इमानका साथ काम गर्ने बताए । उनले नवनिर्वाचित प्रतिनिधिहरुलाई पूर्ण इमानका साथ काम गर्न निर्देशन दिए । ओलीले माओवादी केन्द्रसँगको पार्टी एकीकरण निश्चित रहेको भन्दै चिन्ता नगर्न कार्यकर्तालाई आश्वस्त पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्