२७ असार २०८३, शनिबार

वामपन्थी सभामा किन आएनन् प्रचण्ड ? ओलीले दिए स्पष्टिकरण

वामपन्थी सभामा किन आएनन् प्रचण्ड ? ओलीले दिए स्पष्टिकरण

काठमाडौं ५ पुस– वामपन्थी गठबन्धनका तर्फवाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएका उम्मेदवारलाई बधाई दिन राष्ट्रिय सभागृहमा नेकपा एमाले र माओवादीले बुधवार संयुक्त समारोहको आयोजना गरेका थिए । 

समारोहमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतालाइ आमन्त्रण गरिएको थियो । पछिल्ला दिनमा ओलीसंगै देखिने प्रचण्ड बुधवारको कार्यक्रममा थिएनन् । माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ कार्यक्रममा उपस्थित थिए । प्रचण्डको अनुपस्थितीलाई राष्ट्रिय सभामा उपस्थित वाम कार्यकर्ताले खल्लो मानिरहेका थिए ।

ओलीले सम्बोधनको अन्त्यमा प्रचण्ड कार्यक्रममा उपस्थित हुन नसक्नुको कारण सुनाए । ‘काठमाडौं बाहिरको कार्यक्रममा जानु पर्ने भएकोले प्रचण्डजी आउन सक्नु भएन’ ओलीले भने ।

सम्वोधनका क्रममा ओलीले दुई पार्टीबीच एकता हुने कुरामा कुनै द्विविधा नभएको बताए । हतारमा भएको चुनावी तालमेलको निर्णयलाई दुवै दलका कार्यकर्ताले सहश्र स्वीकार गर्ने तत्परता देखाएको भन्दै ओलीले पार्टी एकीकरण पनि त्यसैगरी हुने विश्वास दिलाए । 
 

salt training

कमेन्ट गर्नुहोस्