
काठमाडौं, ६ पुस– बाराकी सविना साहलाई जन्मदै मुटुको समस्या थियो । आर्थिक स्तर कमजोर भएको परिवारमा हुर्किएकी २२ वर्षीया सविनाको खर्च अभावकै कारण मुटुको शल्यक्रिया हुन सकेको थिएन ।
‘तीन लाख रुपैयाँ खर्च लाग्छ भनेका थिए, पैसा नभएर अप्रेसन गरेनौं,’ साहकी आमा बिन्दादेवीले भनिन् । शल्यक्रिया निःशुलक हुने थाहा पाएपछि साह बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगिन् ।
अस्पतालले शल्यक्रिया गर्न ६ महिनापछिको मिति लेखिदिएपछि उनी उपचारबिनै घर फर्किएकी छन् । मुटुको भल्भ फेर्ने व्यवस्था निःशुलक भएपछि अस्पतालमा बिरामीको चाप बढिरहेको केन्द्रका निर्देशक डा. जोतिन्द्र शर्माले बताए, कान्तिपुरमा खबर छ ।