०१ असार २०८३, सोमबार

वाम एकीकरण हुन नदिन माओवादीभित्र आन्तरिक तयारी ?

पुस ६, २०७४
वाम एकीकरण हुन नदिन माओवादीभित्र आन्तरिक तयारी ?

काठमाडौँ, ६ पुस- नेकपा माओवादी केन्द्र र एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला  पार्टी एकीकरण नगर्न माओवादीका केही नेताले दबाब दिएका छन् ।

माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेता विश्वभक्त दाहाल, गोपाल किरातीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेको खबर नेपाल समाचारपत्रमा छ  ।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए ।

तर प्रचण्डको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्