
महोत्तरी, ६ पुस– संघीय समाजवादी फोरम नेपालका नेता तथा महोत्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल कुमार यादवलाई भारतीय योगगुरु बाबा रामदेवले सम्मानित गरेका छन् ।
पतञ्जलि योगपीठ जनकपुर अञ्चलको मार्गदर्शक समेत रहेका यादव प्रदेश सांसद निर्वाचित भएपछि भई बाबा रामदेवसंग आशिर्वाद लिन हरिद्वार पुगेका थिए । पतञ्जलि योगपीठस्थित बाबा रामदेव निवासमा उनलाई दोसल्ला ओढाई बाबा रामदेव तथा आचार्य बालकृष्णले सम्मानित गरेका थिए ।
भेटघाटपछि बाबा रामदेवले यादवलाई जनतामा समर्पित भई देशको सेवा गर्न सुझाव दिएका थिए ।
भारत–नेपालको सम्बन्ध रोटिबेटिको सम्बन्ध रहेको र यसलाई अझै मजबुत बनाउदै योगलाई माध्यम बनाउन बाबा रामदेवले सुझाएको हरिद्धारबाट बिधायक यादवले जनाए ।