१० असार २०८३, बुधबार

दक्षिण कोरियाको एक भवनमा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको एक भवनमा आगलागी, १६ जनाको मृत्यु

कोरिया– दक्षिण कोरियाको राजधानी सियोलको एक आठ तले भवनमा भीषण आगलागी भएको छ । आगलागीमा परि १६ जनाको मृत्यु भएको अनुमान गरिएको छ । 

कोरियाको जेचोनको एक आठ तले भवनमा आगलागी हुँदा उनीहरुको निधन भएको दक्षिण कोरियाका अधिकारीहरुले जनाएको समाचार संस्था एपीले जनाएको छ । 

अग्नी नियन्त्रक अधिकारीहरुले चिकित्सकहरुले एक जनाबाहेर अन्य १५ जनाको मृत्युको पुष्टी भने गरिनसकेको बताएका छन् । ती अधिकारीहरुले भने उनीहरु जीवित रहने आशा कमभएको बताएका छन् । 
ती बाहेक अन्य १६ जनको उपचार भइरहेको छ । 

स्थानीय समाचारसंस्थाहरुका अनुसार अग्नी नियन्त्रक, पानी बोकेका ट्यांकर र हेलिकप्टरको मद्दतमा आगो निभाउने काम भइरहेको छ । 

के कारणले उक्त भवनमा आगलागी भएको खुल्न सकेको छैन । उक्त भवनमा धेरै रेष्टुरेन्ट, जीमखाना, स्नानगृह र इन्डोर गल्फ खेल्ने स्थान रहेको छ । 

दक्षिण कोरियामा रोजगारीका लागि हजारौं नेपाली रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्