२५ असार २०८३, बिहीबार

देउवा, ओली र प्रचण्डलाई मोदीको फोन, के भयो कुराकानी ?

देउवा, ओली र प्रचण्डलाई मोदीको फोन, के भयो कुराकानी ?

काठमाडौं ६ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टा छुट्टै फोन गरी नेपालमा चुनाव सम्पन्न भएकोमा बधाइ दिएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीले बिहीबार अपरान्ह तीन दलका नेताहरुसँग टेलिफोनमा कुरा गरेका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले मोदीले नेपालका नेताहरुसँग फोनमा कुराकानी भएको जानकारी दिएका हुन् । तर उनले कुराकानीबारे केही खुलाएका छैनन् । 

नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

मोदीले अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा विजय हासिल गरेकामा प्रचण्डलाई बधाई दिएका थिए । 

सो क्रममा प्रचण्डले आफूलाई बधाई दिएकामा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए । टेलिफोन वार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ । 

देउवा र ओलीसंग के कुरा भयो भन्नेवारे खुलेको छैन् । नेपालको संविधानको स्वागत नगरेको भारतले चुनावी नतिजाको भने स्वागत गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्