पुस ७, भरतपुर– पूर्व प्रधानमन्त्री एवं माओवादी केन्दञ्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा विधेयकबारे वाम गठबन्धनले साझा धारणा बनाएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार दिउँसो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वाम गठवन्धनभित्र छलफल गरेर साझा अवधारणा सार्वजनिक गर्ने बताए । संविधानमा राष्ट्रिय सभा बहुमतीय कि एकल संक्रमणीय भन्ने बारेमा केही कुरा उल्लेख नभएको बताउँदै प्रचण्डले भने,‘ विगतमा एकल संक्रमणीय प्रणालीको अभ्यास थियो अहिले संविधानमा केही उल्लेख नभएकाले केही अन्यौल देखिएको छ। हामी बाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाउँछौ र निकास खोज्छौं ।’
उनले एमालेसँगैको पार्टी एकता तत्कालै अघि बढ्ने बताए । ‘छिट्टै पार्टी एकता संयोजन समितिको बैठक बस्छौं“ प्रचण्डले भने, “एकताका लागि हामीलाई कुनै समस्या छैन। हाम्रा केही समझदारी छन्। हामी समझदारीका साथ अघि बढ्छौं।“
अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन सफल भएकोमा बधाई दिएको जानकारी दिएको बताए ।