२० असार २०८३, शनिबार

८५ वर्षको उमेरमा नागरिकता पाइन् कुन्तुमायाले

८५ वर्षको उमेरमा नागरिकता पाइन् कुन्तुमायाले

नुवाकोट, ७ पुस– बेलकोटगढी नगरपालिका–६ अर्चलेकी कुन्तुमाया तामाङले ८५ वर्षका उमेरमा नागरिकता पाएकी छन् । 

विसं १९८९ भदौ ६ गते जन्मिएकी तामाङले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिहीबार वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए । 

उनको नागरिकता प्रमाणपत्र नंं २५०१७४÷०६१२६ रहेको छ । सानै उमेरमा विवाह गरी घरमा बस्दै आएकी तामाङका श्रीमान् र एक मात्र छोराको समेत मृत्यु भइसकेकाले कागजात जुटाउन नसक्दा नागरिकता प्राप्त गर्नबाट वञ्चित हुँदै आएकी थिइन् । 

तामाङ समुदायको बाहुल्य रहेको उक्त वडाका अर्चले, डडुवालगायत बस्तीमा सचेतना अभावले महिलाहरु नागरिकता लिन वञ्चित हुने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्