०२ असार २०८३, मंगलबार

प्रचण्डको खुलासा : नयाँ सरकारको नेतृत्व आलोपालो

पुस ८, २०७४
प्रचण्डको खुलासा : नयाँ सरकारको नेतृत्व आलोपालो

चितवन, ८ पुस- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । कुन दलले अगाडि र कुन दलले पछि नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनले बताए । पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने प्रचण्डको भनाइ छ ।

‘सरकारको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ । को अघि र को पछि तथा कति समय भन्नेबारे छलफलपछि टुंगो लाग्नेछ,’ प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने । शनिबार बस्ने एकता संयोजन समिति बैठकले सरकारका विषयमा टुंगो लगाउने उनले बताए, नयाँ पत्रिकाले खबर छापेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्