
कालीकोट, ८ पुस– जिल्ला प्रहरी कार्यालय कालीकोटले निर्वाचन शान्तिपूर्ण रुपमा सम्मान गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा गर्यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरु दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए ।
तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरुको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास गर्यो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भयो ।
निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो । टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।