
पोखरा, ८ पुस– पेट्रोलियम पदार्थको भण्डारण र बिक्री वितरणमा पोखरा महानगरपालिकासमेत असुरक्षित छ । यहाँका केही पेट्रोल पम्प बजार क्षेत्रका घर र पसलहरुसँगै सञ्चालमा छन् ।
नयाँ बजारको न्यु विवेक र नागढुंगास्थित कमला आयल स्टोर्स घरबाटै सञ्चालन हुँदै आएका छन् । यी पेट्रोल पम्प २ दशकभन्दा लामो समयदेखि सञ्चालनमा छन् । कास्कीमा सञ्चालनमा रहेका ३३ पेट्रोल पम्पहरुमध्ये अधिकांशले मापदण्डको पूर्ण पालना गरेका छैनन् ।
केही पम्प सञ्चालनमा आएपछि उक्त क्षेत्रमा कालान्तरमा बस्ती र बजार बढेको छ । तर बढ्दो जनघनत्वका बीच ती पम्पले आफ्नो घेराबेरा सुरक्षित पारेका छैनन् । आगलागीको जोखिमका दृष्टिले संवेदनशील र उपभोक्ताको सोझो सरोकारका व्यापारिक प्रतिष्ठान भए पनि पेट्रल पम्पहरुको अनुगमन जिल्ला प्रशासनको बजार अनुगमन संयन्त्रले गर्दैन, कान्तिपुरमा खबर छ ।