३० जेठ २०८३, शनिबार

कञ्चनपुर जिल्ला खुला दिसामुक्त

पुस ८, २०७४
कञ्चनपुर जिल्ला खुला दिसामुक्त

भीमदत्तनगर, ८ पुस– कञ्चनपुर मुलुकको ४४ औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज बिसीले शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गर्दै अभियानलाई पूर्ण संरक्षण गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा अभियानमा सहयोग गर्ने विभिन्न संघ÷संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । कञ्चनपुरमा ८२ हजारभन्दा बढी शौचालय निर्माण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भीमदत्तनगरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिनुभयो । प्रदेश नं ७ मा दार्चुला र कैलाली जिल्ला खुला दिसामुक्त घोषणा हुन बाँकी छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्