२२ असार २०८३, सोमबार

सन्त नेता भट्टराईको ९४ औं जन्मजयन्ती मनाईंदै

सन्त नेता भट्टराईको ९४ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं, ८ पुस– नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती आज मनाईदै छ । सन् १९२४ मा भारतको बनारसमा जन्मीएका भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।
राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

सन्त नेता भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनता माझ परिचित थिए । सम्पत्तिको होडमा रहेको अहिलेको दुनियाँमा भट्टराई प्रधानमन्त्री भएका बेला बालुवाटारबाट फर्किने बेलामा छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएरमात्र बाहिरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्