२९ असार २०८३, सोमबार

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः राजपा

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः राजपा

राजविराज, ८ पुस - राष्ट्रिय जनता पार्टी नेपालले  संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएको छ | राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्  । 

मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए  । 

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिरसमेत गरे  । 

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उनले  उल्लेख गरे  । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्