०३ असार २०८३, बुधबार

कालीकोटमा दुई घण्टाका लागि कर्फ्यू हट्यो, अवस्था सामान्य बन्दै

पुस ९, २०७४
कालीकोटमा दुई घण्टाका लागि कर्फ्यू हट्यो, अवस्था सामान्य बन्दै

कालीकोट, ९ पुस– म्यादी प्रहरी विवेक ऐडीको मृत्युपछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यू दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म छलफलका लागि अनुरोध गरेको र सो समयसम्मका लागि मात्र कर्फ्यू  हटाइएको हो । पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच बिहान १० बजे छलफल शुरु हुने र मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रक्रिया अगाडि बढ्ने बताउँदै प्रजिअ गैह्रेले सोका लागि सबैलाई अनुरोध गरे । 

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नुका साथै ढुंगामुडा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

नागरिक समाज र सरोकारवाला निकायले सरकारले पीडित पक्षका माग सम्बोधन गरेकाले अब प्रक्रिया पुराएर शव बुझेर आन्दोलनलाई स्थगन गर्ने बताएका छन् । नागरिक समाजका प्रवानन्द आर्चायले केन्द्रबाट अनुगमन टोली आएपछि निर्णयमा पुगेर मात्र शव बुझ्ने बताए ।  

समस्या समाधानका लागि शनिबार क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका डिआइजी सूर्य्विक्रम शाह, अनुसन्धानका डिआइजी टेकेन्द्र शाक्यको समेत उपस्थिति रहेको थियो । पीडित पक्ष, जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दलले जिल्लामा मात्र सहमति गरी नहुने भएपछि मन्त्रालयबाट पनि निर्देशन आउनुपर्ने बताएपछि बैठक स्थगित भएको थियो । 
म्यादी प्रहरीले पाउने पारिश्रमिकका बारेमा केही नबोलेका कारण सोकोसमेत छानबिन हुनुपर्ने नागरिक समाजले अनुरोध गरेका छन । रासस

salt training

कमेन्ट गर्नुहोस्