
धादिङ, ९ पुस– धादिङको गल्छी–रसुवागढी सडकखण्डमा चल्ने सवारी साधन दैनिक ८ घण्टाको लागि प्रभावित हुँदै आएका छन् । सडक विस्तारको लागी गल्छीदेखी पिपलटारसम्म पहाड काट्ने काम भैरहेकाले सवारी आवागमन प्रभावित भएको हो ।
पुस १ गते देखिफागुन मसान्तसम्म बिहान ६ देखी ९ बजेसम्म र बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । सहज यात्राको लागी बैकल्पिक मार्गको प्रयोग गर्न उक्त सडक खण्ड हुदै चल्ने सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।