२४ असार २०८३, बुधबार

भ्लादिमिर पुटिनलाई ४१ बर्षीय अलेक्सी नाभाल्नीको चुनौती, को बन्ला रसियाको नयाँ राष्ट्रपति ?

भ्लादिमिर पुटिनलाई ४१ बर्षीय अलेक्सी नाभाल्नीको चुनौती, को बन्ला रसियाको नयाँ राष्ट्रपति ?

मस्को, रसिया, ९ पुस  -रसियाली राष्ट्रपतिको आगामी मार्च महिनामा हुने निर्वाचनमा रसियाली प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी वर्तमान् राष्ट्रपति भ्लादिमिर पुटिनसँग सामना गर्न सक्षम रहेको भन्दै उहाँको उम्मेदवारीका लागि आइतबार देशैभर समर्थनमा उत्रेका छन् । 

उनीहरूले ४१ बर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरूमार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन् । 

रसियाको राजधानीस्थित मस्को नदीमा टेन्टमा जम्मा भएका सयौँ समर्थककाबीच नाभाल्नीले भन्नुभयो, “म सम्पूर्ण रसियाको नेतृत्वका लागि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन यहाँ उभिइरहँदा निकै गौरवान्नित महशुस भएको छु । म निकै खुशी छु ।” 

नाभाल्नीले उक्त समूहलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी जीत हात पार्न तयार छौँ र जित्नेछौँ ।” 

रसियाको केन्द्रिय निर्वाचन आयोगका दुई अधिकारी पनि मस्कोमा भएको उक्त कार्यक्रममा उपस्थित रहेका, नाभाल्नीको अभियानका सदस्यले भने । रासस/एएफ्पी

salt training

कमेन्ट गर्नुहोस्