०८ असार २०८३, सोमबार

चीनका १३ हजार वेभसाइट किन गरिए  बन्द ?

पुस ९, २०७४
चीनका १३ हजार वेभसाइट किन गरिए   बन्द ?

बेईजिङ, ९ पुस - चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । 

चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन्  । 

यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए  । 

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ । 

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भने  । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ ।

सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्