३१ जेठ २०८३, आइतबार

पाकिस्तान सडक दुर्घटनामा दश जनाको मृत्यु

पुस ९, २०७४
पाकिस्तान सडक दुर्घटनामा दश जनाको मृत्यु

 पाकिस्तान, ९ पुस - पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ । 

इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए । 

एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उनले बताए  । 
सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताए  । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्