०१ असार २०८३, सोमबार

जनप्रतिनिधिको कार्यशैलीले संघीयता नै धरापमा

पुस १०, २०७४
जनप्रतिनिधिको कार्यशैलीले संघीयता नै धरापमा

काठमाडौं, पुस १०– संघीयता कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी बोकेको स्थानीय विकास मन्त्रालयले संघीयता धरापमापर्ने चेतावनी दिएको छ । 
स्थानीय विकसा मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिको कामप्रति चरम असन्तुष्टि जनाउँदै उनीहरुको पूरै भर परे संघीयता नै धरापमा पर्ने चेतावनी दिएको हो । 
मन्त्रालयले आइतबार स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठ र अर्थ मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा चौमासिक समिक्षा बैठक राखेका थियो  । बैठकमा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संविधानले स्थानीयतहलाई दिएका काम जनप्रतिनिधिले गर्छन् भनेर हात बाँधेर बसे संघीयता नै धरापमा पर्ने खतरा देखिएको बताए । उनले जनप्रतिनिधिको काम चित्तबुझदो नभएको भन्दै विकास निर्माणका महत्वपूर्ण काममा उनीहरुलाई भर गर्न नहुने बताए,कारोबार दैनिकमा खबर छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्