२७ असार २०८३, शनिबार

पोखरामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पुस १०, २०७४
पोखरामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा, १० पुस– राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ । 

प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा महिला तथा पुरुषतर्फ पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चलको टिमसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सहभागी हुने बताए । 

महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस 
 

कमेन्ट गर्नुहोस्