०४ असार २०८३, बिहीबार

हिटरले लियो ज्यान

पुस १०, २०७४
हिटरले लियो ज्यान

धुलिखेल, १० पुस– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ मा छाला कारखाना नजिकै आगो लागेर एक जनाको मृत्यु भएको छ । 
पनौती नगरपालिकाको छाला कारखानास्थित मिजार टोलमा रहेको सुखदेव श्रेष्ठले सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आइतबार राति ११ बजेको समयमा हिटरबाट आगो सल्केर एक जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक सुजित जैसवाल रहेका छन् । जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । सो घटनाका विषयमा थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्