२१ असार २०८३, आइतबार

क्रिसमसमा प्रहरीको विशेष चेकजाँच, दुई सय पैँतालिस चालक पक्राउ

पुस १०, २०७४
क्रिसमसमा प्रहरीको विशेष चेकजाँच, दुई सय पैँतालिस चालक पक्राउ

काठमाडौँ, १० पुस– महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारबाही गरेको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिए । “दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरेका हौँ”– उनले भने । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्