१८ असार २०८३, बिहीबार

म्यादी प्रहरी ऐडीको मृत्युको विषयमा छानबिन शुरु, कर्फ्यू पनि हट्यो

म्यादी प्रहरी ऐडीको मृत्युको विषयमा छानबिन शुरु, कर्फ्यू पनि हट्यो

कालीकोट, १० पुस– म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयमा छानबिन गर्न गठन भएको समितिले आजबाट अनुसन्धान शुरु गर्ने भएको छ । घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले समिति गठन गरेको थियो । 

छानबिनका लागि समिति कालीकोटमा रहेको छ । समितले सोमबार नै दुवै पक्षबीच छलफल गर्ने भएको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यू पनि आजबाट हटाइएको छ । 
प्रहरी र म्यादी प्रहरीबीच शुक्रबार भएको झडपमा म्यादी प्रहरी ऐडीको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिनबाटनै कर्फ्यू लगाएइको थियो । 

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि  कर्फ्यू लगाइएको हो ।
कर्फ्यू हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्