०२ असार २०८३, मंगलबार

प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापन अन्तिम चरणमा

पुस ११, २०७४
प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापन अन्तिम चरणमा

काठमाडौँ, ११ पुस - व्यवस्थापिका संसद् सचिवालयले सङ्घीय संसद्को बैठक सञ्चालन हलको व्यवस्थापनलाई तीव्रता दिएको छ । सचिवालयले प्रतिनिधिसभाको बैठक सञ्चालनको हल व्यवस्थापन अन्तिम चरणमा पु-याएको छ । पुस मसान्तसम्म प्रतिनिधिसभा बैठक सञ्चालन हल तयार हुनेछ । तर, राष्ट्रियसभा हल व्यवस्थापनका लागि भने केही खरिद प्रक्रिया जारी रहेका कारण केही समय लाग्ने सचिवालयले जनाएको छ । 

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापनको काम अन्तिम चरणमा रहेको बताए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्