३१ जेठ २०८३, आइतबार

विद्युत् सर्ट हुँदा लागेको आगोबाट ४० लाखको क्षति

पुस ११, २०७४
विद्युत् सर्ट हुँदा लागेको आगोबाट ४० लाखको क्षति

इलाम, ११ पुस– इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । 

स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । 

घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्