
काठमाडौं, ११ पुस– काठमाडौं महानगरपालिका– ३० मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ । सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस बिहान सवा ३ बजे दुर्घटनामा परेको हो । बिजुलीको पोलमा ठोक्किएर बस सडकमै पल्टिएको छ । पुरानो वानेश्वरबाट डिल्ली बजार तर्फ जादै गरेको बस मैतिदेवीस्थित सेतो पुलमा दुर्घटनामा परेको हो ।