११ साउन २०८३, सोमबार

एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

पुस ३०, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् ।

बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी राजभण्डारी बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

नवनियुक्त सञ्चालक राभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत लिएकी छन् । 

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालिसकेकी छन् । 

बैंकले सञ्चालक पदमा नियुक्त भएकी राजभण्डारीलाई सफल कार्यकालको कामना गरेको प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्