
मुगु ११ पुस – मुगुको जिल्ला अस्पताल डेढ महिना अघिदेखी करारका चिकित्सकको भरमा संचालनमा रहेको छ ।
पन्ध्र शैयाको जिल्ला अस्पतालमा कार्यरत स्थायी चिकित्सक जितेन्द्र कडेलको डेढ महिना अघि सरुवा भइसकेको छ । कडेलको सरुवा भएपछि रिक्त रहेको पदमा अर्को चिकित्सकको ब्याबस्था नहु“दा अस्पताल करार चिकित्सकको भरमा चलेको हो ।
अस्पतालमा नवौ तहको चिकित्सकको दरबन्दी भएपनि आठौ तहका अस्थायी चिकित्सकले अस्पताल चलाउदै आएका छन् । करारमा रहेका चिकित्सक मिना काफ्ले र बिपिन का“फ्लेले अस्पताल चलाउदै आएका छन् ।
आफू भन्दा सिनियर चिकित्सक नहु“दा समस्या हुने गरेको चिकित्सक बिपिन काफलेले लोकान्तरलाई बताए ।
स्थायी चिकित्सक नहु“दा अस्पतालको उपचार सेवा प्रभावित बनेको अस्पतालले जनाएको छ ।
अस्पातलमा सामान्य सल्याक्रिया गर्ने चिकित्सक, अस्पतालको रक्तसंचार केन्द्र र फार्मेसी समेत छैनन् ।
चिकित्सक नहुदा गर्भवती महिला, हाइडोसिल, हर्निया लगायतका समस्या लिएर अस्पताल आउने विरामीहरुलाई सल्याक्रिया गर्न आउने बिरामीहरुलाई अस्पतालले सेवा दिन नसकेको अस्पतालका सिनियर अनमि सरोजा घिमिरेले बताईन् ।
जिल्ला अस्पतालमा सल्याक्रिया गर्ने चिकित्सक नभएपछि उपचार गर्न आएका बिरामीलाई अस्पतालले स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला, भेरी अंचल अस्पताल नेपालगञ्ज र क्षेत्रिय स्वास्थ्य अस्पताल सुर्खेत पठाउने गरेको छ । अस्पतालको आफ्नै औषधी विक्री केन्द्र नहुदा बिरामीले निजी फार्मेसीबाट महंगो मुल्यमा औषधी लिनुपर्ने विरामीको बाध्यता रहेको छ ।