
काठमाडौं, ११ पुस– सशस्त्र प्रहरीको काठमाडौंको हल्चोकस्थित प्रधान कार्यालय (हेडक्वार्टर) भएको आगोलागीमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन् ।
अघिल्लो साताको सोमबार सशस्त्र प्रहरी मुख्यालयको लेखाशाखामा राति १ बजे आगो लागेको थियो । नियोजित रुपमा आगो लगाइएको भन्दै नेपाल प्रहरीले घटनामाथि अनुसन्धान थालेको छ ।
महानगरीय प्रहरीको कार्यालय आगालागीमा संलगन रहेको भन्दै सशस्त्रका हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । उनी सशस्त्र मुख्यालयको लेखा शाखामा कार्यरत रहेको जनाइएको छ ।
प्रहरीले श्रेष्ठले नै आगो लगाएको हुनसक्ने जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी स्रोतले जनाएको छ ।
सशस्त्र मुख्यालयमा भएको आगलागीको घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव कृष्ण राउतको नेतृत्वमा समेत समिति गठन भइसकेको छ ।