२९ जेठ २०८३, शुक्रबार

रुसले अन्तरिक्षमा विलासी होटल बनाउने

रुसले अन्तरिक्षमा विलासी होटल बनाउने

काठमाडौं, ११ पुस — रुसको अन्तरिक्ष नियोग रोसकस्मसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा एउटा विलासी होटल बनाउने तयारी गरेको छ । 

चार करोड डलर खर्च गर्न सक्ने मानिस यस होटलमा दुई हप्तासम्म बस्न सक्छ । यसबाहेक दुई करोड डलर थप तिरेमा अन्तरिक्ष यात्रा पनि गर्न सकिने सुविधा दिइएको छ । 

पप्युलर मेकानिक्स नामक पत्रिकामा छापिएको समाचारअनुसार, रुसको अन्तरिक्ष कन्ट्य्राक्टर आरकेके एनर्जियालाई यस होटल निर्माणको जिम्मेवारी तोकिएको छ । 

होटल बनाउनका लागि लगभग पाँच हजार करोड रुपैयाँ खर्च लाग्ने सम्भावना छ । 

होटलमा सुत्नका लागि चारवटा कोठा हुनेछन् अनि प्रत्येक कोठामा नौ इन्चको झ्याल हुनेछ । होटलमा मेडिकल एन्ड हाइजिन स्टेसन र १६ इन्चको झ्याल भएको लाउन्ज एरिया पनि हुनेछ । 

अहिलेसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुग्नका लागि रुसको सोयूज रकेट प्रयोग हुँदै आएको छ । अमेरिकाको अन्तरिक्ष नियोग नासाले पनि आफ्ना अन्तरिक्षयात्रीहरूलाई यसै रकेटमार्फत अन्तरिक्षमा पठाउने गरेको छ । 

अहिले बोइङ र स्पेस एक्ट जस्ता अमेरिकी कम्पनीहरूले पनि अन्तरिक्ष रकेट बनाइरहेका छन् । यो सफल भएमा नासाले रुसलाई सोयूज रकेटको आवश्यकता पर्दैन । 

आरकेके एनर्जियालाई सोयूज रकेट खाली हुने भएपछि अन्तरिक्षयात्रीहरूसँगै अन्य एक वा दुई यात्रीलाई पठाउन सकिनेछ । 

हरेक वर्ष ६ जना यात्रीले एक हप्ता अन्तरिक्षको होटलमा बिताए भने कम्पनीले सात वर्षमा यसको लागत उठाउन सक्छ । कम्पनीका अनुसार, होटल बनाउन कम्तीमा पाँच वर्ष लाग्नेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्