१३ असार २०८३, शनिबार

जाडोमा खानुस् यी फल, राम्रो पार्नुस् स्वास्थ्य

जाडोमा खानुस् यी फल, राम्रो पार्नुस् स्वास्थ्य

काठमाडौं, ११ पुस — जाडोमा सुक्खा हावा चल्ने कारणले शरीरलाई धेरै समस्या आउँछ । यसबेलामा मानिसहरू पानी कम पिउँछन् जसले गर्दा शरीरमा पानीको समस्या हुन्छ । पानी कम हुँदा छालामा नरमपन रहन पाउँदैन र अनेकथरी समस्या आउँछ । यस्तो अवस्थामा हामीले शरीरमा पानीको मात्रा बढाउने फलहरूको सेवन गर्नुपर्छ । यहाँ हामी त्यस्ता केही फलका बारेमा चर्चा गर्दैछौं । 

स्याउ
स्याउ खाँदा शरीरमा हेमोग्लोबिन र आइरनको मात्रा पुग्छ । यसमा भएको पेक्टिन, फाइबर, भिटामिन, मिनरल, फाइटोन्युट्रिएन्ट, एन्टीअक्सिडेन्टका कारण शरीरमा संक्रमण फैलाउन दिँदैन । दिनदिनै एउटा स्याउ सेवन गर्दा यस मौसममा रोगबाट पनि बच्न सकिन्छ । 

अनार
यसमा फाइटोकेमिकल, पोलिफिनल, एन्टीअक्सिडेन्ट, फाइबर र भिटामिन हुन्छ । यसले हाई कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयघात र फ्री –याडिकल जस्ता रोगबाट बचाउँछ । रक्ताल्पताको समस्या भएका मानिसले दिनदिनै अनार खानुपर्छ । 

भुइँकटहर
यसले अनुहारका दाग र अन्य समस्या हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले रौंका छिद्रहरूलाई सफा गरेर अनुहारको रंग निखार्छ । 

अम्बा
अम्बाले शरीरलाई चुस्तदुरुस्त राख्छ र पाचनप्रणाली मजबूत बनाउँछ । हाईपोग्लिसेमिक रक्तचाप र कोलेस्ट्रालको मात्रा कम गर्न पनि यसले सहायता गर्छ । 

अंगुर
शरीरको थकान हटाउन तथा मुटुरोग निको पार्न अंगुर सहायक हुन्छ । यसमा भएको ग्लुकोजले शरीरलाई रोगबाट बचाउँछ । 

कीवी
रुघाखोकी र फ्लुबाट बच्नका लागि कीवी सेवन गर्नुपर्छ । दिनदिनै एउटा कीवी खाँदा जाडोमा हुने समस्याबाट बच्न सकिन्छ । 

फलमा क्यालोरी र बोसोको मात्रा कम हुन्छ । यसमा अन्य पोषक तत्त्वहरू भने भरमार हुन्छन् । फलले चिसो सहने ऊर्जा प्रदान गर्छ । रोगप्रतिरोधक क्षमता यसले बढाउँछ र पेटसम्बन्धी रोग लाग्न दिँदैन । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्