२३ असार २०८३, मंगलबार

साओमीले नेपाल भित्र्यायो रेड्मी नोट १५ सिरिज, कति पर्छ मूल्य ?

माघ ५, २०८२
काठमाडौं
साओमीले नेपाल भित्र्यायो रेड्मी नोट १५ सिरिज, कति पर्छ मूल्य ?

साओमीले बहुप्रतिक्षित रेड्मी नोट १५ सिरिज नेपाली बजारमा भित्र्याएको छ । सोमबार  काठमाडौंमा एक कार्यक्रम गर्दै नेपालमा औपचारिक रूपमा रेड्मी नोट १५ सिरिज भित्र्याएको जानकारी दिइएको हो ।​

साओमीले मुख्य रेड्मी नोट १५ फोरजी, रेड्मी नोट १५ फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी र रेड्मी नोट १५ प्रो प्लस फाइभजी गरी चार ओटा भेरियन्टमा भित्र्याएको हो ।

उत्कृष्ट फिचर रहेका नयाँ सिरिजमार्फत साओमीले डिजाइन, डिस्प्ले, क्यामेरा, ब्याट्री र परफर्मेन्स सबै पक्षमा उल्लेखनीय सुधार गरेको दाबी गरेको छ ।​ 

रेड्मी नोट १५ सिरिजका सबै मोडेलमा ठूलो साइजको एमोलेड डिस्प्ले समावेश गरिएको छ । फोनमा ६.७७ इन्चदेखि ६.८३ इन्चसम्मको डिस्प्ले दिइएको छ, जसले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ ।

उच्च रिफ्रेस रेटका कारण स्क्रोलिङ, गेमिङ तथा भिडियो हेर्दा प्रयोगकर्ताले स्मूथ अनुभव पाउने अपेक्षा गरिएको छ ।

साथै, ३,२०० निट्ससम्मको पिक ब्राइटनेस सपोर्ट भएकाले कडा घाममा पनि स्क्रिन स्पष्ट देखिने कम्पनीको दाबी छ । डिजाइनतर्फ पनि साओमीले विशेष ध्यान दिएको देखिन्छ । नोट १५ फोरजी र नोट १५ प्रो प्लस मोडेलमा कर्भ्ड डिस्प्ले दिइएको छ ।

null

क्यामेरा पक्ष रेड्मी नोट १५ सिरिजको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । नोट १५ फोरजी र नोट १५ फाइभजी मोडेलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा जडान गरिएको छ । यस क्यामेरामा ओआईएस अर्थात् अप्टिकल इमेज स्टेबलाइजेसन प्रविधि समावेश भएकाले कम उज्यालोमा पनि स्थिर र स्पष्ट तस्वीर खिच्न सकिने कम्पनीले जनाएको छ ।

सेल्फी तथा भिडियो कलका लागि यी मोडेलमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । अझ उन्नत फोटोग्राफी चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १५ प्रो र प्रो प्लस मोडेलमा २०० मेगापिक्सेलको शक्तिशाली मुख्य क्यामेरा राखिएको छ, जसले उच्च रेजोलुसनका तस्वीर र विस्तृत विवरण कैद गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सफ्टवेयरका हिसाबले रेड्मी नोट १५ सिरिज साओमीको नयाँ हाइपरओएस २ मा सञ्चालन हुन्छ, जुन एन्ड्रोइड १५ मा आधारित छ । नयाँ अपरेटिङ सिस्टमले प्रयोगकर्तालाई अझ छरितो इन्टरफेस, राम्रो सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट दिने दाबी गरिएको छ ।

ब्याट्री क्षमताको मामिलामा पनि रेड्मी नोट १५ सिरिज निकै प्रभावशाली देखिन्छ । नोट १५ फोरजीमा ६,००० एमएएच क्षमताको ठूलो ब्याट्री दिइएको छ भने नोट १५ फाइभजीमा ५,५२० एमएएच ब्याट्री राखिएको छ ।

null

प्रो मोडेलमा ६,५८० एमएएच र प्रो प्लस मोडेलमा ६,५०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । ठूलो ब्याट्रीका कारण लामो समयसम्म फोन चार्ज नगरी प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

साथै, सबै मोडेलमा ३३ वाटदेखि १०० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले कम समयमा फोन चार्ज गर्न मद्दत गर्नेछ ।

सुरक्षाका दृष्टिले पनि रेड्मी नोट १५ सिरिजलाई मजबुत बनाइएको छ । यी फोनहरूले पानी र धुलोबाट बच्नका लागि आईपी ६४, आईपी ६६, आईपी ६८ र आईपी ६९ केसम्मको रेटिङ पाएका छन् ।

यसले दैनिक प्रयोगका क्रममा हुने सामान्य पानीको छिटा, धुलो तथा कठिन परिस्थितिमा पनि फोन सुरक्षित रहने संकेत गर्छ ।

रङ्ग विकल्पतर्फ, रेड्मी नोट १५ सिरिज ग्लासियर ब्लु, मिस्ट पर्पल, फरेस्ट ग्रिन र ब्ल्याक जस्ता आकर्षक रङहरूमा उपलब्ध हुने बताइएको छ ।

null

रेड्मी नोट १५ सिरिजमार्फत साओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने रणनीति लिएको देखिन्छ । आधुनिक डिजाइन, शक्तिशाली क्यामेरा, ठूलो ब्याट्री, नयाँ सफ्टवेयर र फरक–फरक मूल्य तथा क्षमताका भेरियन्ट उपलब्ध गराइएकाले यो सिरिजले नेपाली उपभोक्ताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।

रेड्मी नोट १५ (८जीबी–२५६जीबी) को २९ हजार ९९९ रुपैयाँ, (१२जीबी–५१२जीबी) को ३५ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

रेड्मी नोट १५ प्रो फाइभजी (८जीबी–२५६जीबी) को ४९ हजार ९९९ रुपैयाँ, (१२जीबी–५१२जीबी) को ५६ हजार ९९९ रुपैयाँ, रेड्मी नोट १५ फाइभजी (८जीबी–२५६जीबी) को ३९ हजार ९९९ रुपैयाँ, (१२जीबी–५१२जीबी) को ४६ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै, रेड्मी नोट १५ प्रो प्लस फाइभजीको मूल्य (८जीबी–२५६जीबी) को ५९ हजार ९९९ रुपैयाँ र (१२जीबी–५१२जीबी) को ६६ हजार ९९९ रुपैयाँ रहेको छ ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्