२३ असार २०८३, मंगलबार

माधव नेपालले भने–पार्टी अध्यक्ष काे बन्ने भन्ने विषय छलफलबाट टुंगो लाग्छ

माधव नेपालले भने–पार्टी अध्यक्ष काे बन्ने भन्ने विषय छलफलबाट टुंगो लाग्छ

काठमाडौं, १२ पुस– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । 

पार्टी प्यालेस तथा क्याटरिङ ब्यबसायी संघ काठमाडौ द्वारा बुधबार आयोजित बधाई तथा सम्म्मान कार्यक्रममा सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै एमाले वरिष्ठ नेता नेपालले राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश फिर्ता लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । 

‘नयाँ सरकारलाई राष्ट्रियसभा गठन गर्न दिएर मार्ग प्रशस्त गर्न आवश्यक छ’ नेता नेपालले भने,‘नयाँ जनादेश प्राप्त सरकार गठनमा सघाउ पु¥याउन देउवाजीले राजीनामा दिनुपर्छ ।’

फरक प्रशंगमा एमाले नेता नेपालले एमाले माओवादी एकता र सरकारगठन सँगसँग हुने दाबी गरे । ‘ विचार र संगठनात्मक विषयमा छलफल गर्दै अगाडि बढ्नुपर्छ’ नेता नेपालले भने,‘सरकार गठन र एकताप्रकृया सँगसँगै अगाडि बढ्छ ।’

एमाले प्रचण्डलाई अध्यक्ष स्विकार गर्न सक्छ भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले भने‘एमालेले प्रचण्डलाई की केपी ओलीलाई अध्यक्ष बनाउने भन्ने कुरा दुई पार्टी बीचको छलफलपछि निर्धारण हुन्छ ।’
उनले पूर्वनिर्धारित व्यस्तताका कारण एमाले माओवादी शीर्ष नेताबीच भेटवार्ता हुन नसकेको दाबी गरे । 

तपाई राष्ट्रपतिको उम्मेदवार हो भन्ने प्रश्नमा उनले समयको माग, पार्टी र संसदले दिने जिम्मेवारी अनुसार आफू अगाडि बढ्ने बताए ।

‘मेरो भूमिका एउटा सांसदको रुपमा, पूर्वप्रधानमन्त्रीको रुपमा रहनेछ’ नेता नेपालले भने,‘ पार्टी र संसदले कसरी जिम्म दिन्छ र समयको माग अनुसार अगाडि बढ्छु ।’
 

salt training

कमेन्ट गर्नुहोस्