
काठमाडौं, १२ पुस — अनुष्का शर्मा र विराट कोहलीको विवाहको दोस्रो प्रीतिभोज मंगलवार मुम्बईमा भयो । सेन्ट रेगिस होटलमा भएको प्रीतिभोजमा अमिताभ बच्चनसहित विभिन्न बलिउड सेलेब्रिटी पुगेका थिए ।
अमिताभ स्टेजमा पुग्नेबित्तिकै कम्मर झुकाएर हात जोडेर विराट र अनुष्कालाई नमस्कार गर्न पुगे । अनुष्काले अमिताभलाई देखेर पहिला त हात जोडिन् तर अमिताभको रमाइलो पारा देखेर हाँसो रोक्न सकिनन् ।
प्रीतिभोजमा शाहरुख खान, ऐश्वर्या राय, माधुरी दीक्षित, कंगना रनावत, प्रियंका चोपडा लगायतका कलाकार पनि उपस्थित थिए ।
यसअघि दिल्लीको ताज डिप्लोमेटिक होटलमा पहिलो प्रीतिभोज भएको थियो । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी, अरुण जेटली लगायतका गण्यमान्यको उपस्थिति थियो ।
मुम्बई प्रतिभोजमा अनुष्का र विराटले शाहरुख खानसँग मिलेर बेस्सरी नाचगान गरेका थिए ।
होटलको नवौं तल्लामा रहेको एस्टर बलरूममा प्रीतिभोज बुधवार बिहान ३ बजेसम्म चलेको थियो ।
एजेन्सी